Section 21
जग्गाको विक्री वितरण
 (१) यस ऐन बमोजिम प्राप्त भएको वा जफत भएको जग्गा जुन गाउँपालिका वा नगरपालिकाबाट प्राप्त भएको वा जफत भएको हो सोही गाउँपालिका वा नगरपालिकाका स्थानीय व्यक्तिलाई तोकिएको अधिकारीले तोकिए बमोजिम बिक्री वितरण गर्नेछ । यसरी बिक्री वितरण गर्दा स्थानीय भूमिहीन व्यक्तिमध्ये मुक्त कमैया, दलित, आदिवासी र जनजातीलाई प्राथमिकता दिइनेछ ।
(२) उपदफा (१) बमोजिम बिक्री वितरणमा पाएको जग्गा त्यस्तो व्यक्तिको नाममा जग्गावालाको हैसियतले दर्ता गरिनेछ ।
(३) उपदफा (१) बमोजिम जग्गा बिक्री वितरण नभएसम्म त्यस्तो जग्गा साविक जग्गावाला, मोही वा अन्य कुनै व्यक्तिलाई तोकिएको अधिकारीले कुनै शर्तमा कमाउन दिन सक्नेछ